विद्यार्थीलाई सिमकार्ड निःशुल्क उपलब्ध

रासस

सोमबार, ११ साउन २०७८, २० : ०३
विद्यार्थीलाई सिमकार्ड निःशुल्क उपलब्ध

काठमाडौँ  । पाल्पाका रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । 

कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न गाउँपालिकाले निःशुल्क सिमकार्ड उपलब्ध गराइरहेको हो । विद्यार्थी र शिक्षकले एकआपसमा फोन गर्दा पैसा नलाग्ने क्लोज युजर गु्रप सिमकार्ड विद्यार्थीलाई वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

सङ्घीय सशर्त अनुदान कार्यक्रमअन्तर्गत कोभिड विशेष कार्यक्रममार्फत करिब रु तीन लाख २० हजार बजेटबाट निःशुल्क सिमकार्ड वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनले भने, “यो कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई तोकेका छौँ ।

तर सम्बन्धित विद्यालयले आवश्यकताका आधारमा इन्टरनेटको पहुँच नभएका, न्यून आय भएका र विद्यालयको सम्पर्कदेखि टाढा रहेका विद्यार्थीलाई मिलाएर वितरण गर्न सकिन्छ ।” 

प्रतिक्रिया दिनुहोस