रुस । रुसमा पनि कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको पनि खतरा बढेको छ ।
अहिले डेल्टासँगै गामा भेरियन्ट फैलिरहेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
धेरै सङ्क्रामक मानिएको डेल्टा र गामा दुवै भेरियन्ट फैलिरहेकाले चिन्ता थपिएको खबरमा उल्लेख छ। यस्तै, यी दुई भेरियन्टविरुद्ध खोपले पनि प्रभावकारी काम गर्छ गर्दैन भन्ने अन्योल छ ।
विज्ञले त्यहाँ कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् । गएको २४ घण्टामा रुसमा २४ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ भने ७ सय ९६ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०८ साउन २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प