रुस । रुसमा पनि कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको पनि खतरा बढेको छ ।
अहिले डेल्टासँगै गामा भेरियन्ट फैलिरहेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
धेरै सङ्क्रामक मानिएको डेल्टा र गामा दुवै भेरियन्ट फैलिरहेकाले चिन्ता थपिएको खबरमा उल्लेख छ। यस्तै, यी दुई भेरियन्टविरुद्ध खोपले पनि प्रभावकारी काम गर्छ गर्दैन भन्ने अन्योल छ ।
विज्ञले त्यहाँ कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् । गएको २४ घण्टामा रुसमा २४ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ भने ७ सय ९६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०८ साउन २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह