आजपनि घट्यो सुनको मुल्य, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, ११ : २५
आजपनि घट्यो सुनको मुल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य थप ७ सय रुपैयाँले घट्न पुगेको छ । गत बुधबार तोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७ सय रुपैयाँले नै घट्दै ९१ हजार ८ सय रुपैयाँमा झरेको हो ।

Yeti Diistillery Tansen Cement box

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।