एथ्लेटिको मड्रिड सेमिफाइनलमा

शुक्रबार, ३० चैत्र २०७४, ०८ : १६
एथ्लेटिको मड्रिड सेमिफाइनलमा

स्पेनिस क्लब एथ्लेटिको मड्रिड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग पराजित भएपनि समग्रमा जित हात पार्दै एथ्लेटिको सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्पोर्टिङको घरेलु मैदानमा बिहिबार राति भएको दोस्रो लेगमा एथ्लेटिको स्पोर्टिङसँग १ – ० गोल अन्तरले पराजित भएको थियो । तर, पहिलो लेगमा निकालेको २ – ० को जितेको कारण समग्रमा २ – १ गोलको जित सहित एथ्लेटिकोले अन्तिम चारको यात्रा तय गरेको हो ।
बलियो टोली एथ्लेटिकोविरुद्ध स्पोर्टिङलाई जित दिलाउन फ्रेडी मोन्टेरोले निर्णायक गोल गरेका थिए । स्पोर्टिङको जितमा मोन्टेरोले पहिलो हाफको २८ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि थप गोल गर्न नसक्दा मोन्टेरोले गोलले घरेलु टोलीलाई सेमिफाइनलमा पुर्राउन सकेन् ।
युरोपा लिग अन्तर्गत नै फ्रेन्च क्लब मार्सेली र अष्ट्रियाका स्लाजबर्गले पनि सेमिफाइनलमा स्थान बनाएको छ । मार्सेलीले क्वाटरफाइनलमा जर्मन क्लब आरबी लेपजीङलाई समग्रमा ५ – २ गोल अन्तरले हराउदै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै स्लाजबर्गले लाजियोलाई समग्रमा ६ – ५ गोल अन्तरले हराएर अन्तिम चारको यात्रा तय गरेको हो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस