अत्यधिक वर्षाका कारण युरोपमा बाढी, मृत्यु हुनेको संख्या १५३ पुग्यो

एजेन्सी

शनिबार, ०२ साउन २०७८, १४ : ३०
अत्यधिक वर्षाका कारण युरोपमा बाढी, मृत्यु हुनेको संख्या १५३ पुग्यो

अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ ।  जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ  ।

यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ  ।  यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस