देउवा सरकारले अध्यादेश ल्याएर एमाले फुटाउन सक्ने ओलीको दावी

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, १७ : १३
देउवा सरकारले अध्यादेश ल्याएर एमाले फुटाउन सक्ने ओलीको दावी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको सरकारले अध्यादेश ल्याएर एमाले पार्टीलाई फुटाउने सक्ने दावी गरेका छन् । 

प्रधानमन्त्री पदबाट हटेपछि शुक्रबार पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले एमालेलाई फुटाउने षडयन्त्र भइरहेको बताए । उनले भने, ‘एमालेविरुद्ध अझै षड्यन्त्र हुन्छ, अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुन सक्छन् ।’

अदालतले कीर्ते कागजलाई मान्यता दिएको दाबी गर्दै आफ्नो यसमा सहमति नभएको उनको भनाइ थियो । ‘असहमति हुँदाहुँदै पनि लोकतन्त्रवादी भएका कारण हामी यसलाई स्वीकार गरिसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस