तालिबान र अफगानी सुरक्षा फौजको भिडन्तमा रोयटर्सका फोटो पत्रकारको मृत्यु

एजेन्सी

शुक्रबार, ०१ साउन २०७८, १५ : २९
तालिबान र अफगानी सुरक्षा फौजको भिडन्तमा रोयटर्सका फोटो पत्रकारको मृत्यु

काठमाडौ । रोयटर्सका फोटोपत्रकार दानिस सिद्धिकीको तालिबान र अफगान सुरक्षा फौजको झडपमा परी मृत्यु भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार फोटोपत्रकार सिद्धिकीले केही दिन यता कन्दाहारको तालिबान प्रभावित क्षेत्रबाट रिर्पोटिङ गरिरहेका थिए।

अफगानिस्तानको टोलो न्युजले पनि अफगान सुरक्षा फौज स्रोतलाई उद्धृत गर्दै सिद्धिकीको मृत्यु भएको पुष्टि गरेको छ।टेलिभिजन संवाददाताका रुपमा पत्रकारिता सुरु गरेका उनले सन् २०१० मा रोयटर्समा इन्टर्नका रुपमा आबद्ध भएका थिए।

रोयटर्सका लागि भारतमा चिफ फोटोपत्रकारका रुपमा कार्यरत सिद्धिकीले दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए। त्यस्तै उनले एजेके मास कम्युनिकसन रिसर्च सेन्टरमा पत्रकारिता सम्बन्धी अध्ययन गरेका थिए।
 

प्रतिक्रिया दिनुहोस