‘जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा’

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, ०७ : ५३
‘जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा’

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । 

‘मेरो विचारमा देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्’, देवकोटाले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जनताको अभिमतबाट निर्वाचित १४९ सांसदहरु शशरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटनका कारण न्यायका लागि अदालत गएका हुन् ।’

उनले अदालतले जनताको जनादेशबाट निवार्चित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ भन्दै आलोचना गर्नेहरुलाई प्रश्न पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस