काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको निर्णयपछि पार्टी एकीकृत हुने दृढता आँफुमा भएको बताएका छन् । उपाध्यक्ष गौतमले सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा सुनाउने फैसलापछि एमाले एकीकृत हुने बताएका हुन् ।
राष्ट्रियसभाको आजको बैठकमा बोल्दै गौतमले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)