भारतीय वैज्ञानिकहरुले अन्टार्कटिकामा पत्ता लगाए नयाँ वनस्पति

एजेन्सी

शुक्रबार, २५ असार २०७८, ०८ : ०६
भारतीय वैज्ञानिकहरुले अन्टार्कटिकामा पत्ता लगाए नयाँ वनस्पति

एजेन्सी । भारतीय वैज्ञानिकहरुले अन्टार्कटिका महादेशमा काई प्रजातिको नयाँ वनस्पति पत्ता लगाएका छन् । ५ वर्षपछि उनीहरुले आफ्नो खोजको पुष्टि गरेका हुन् । बीबीसीका अनुसार ध्रुवीय जीवशास्त्रीहरुले २०१७ मा हिउँले ढाकिएको महादेशमा काईको प्रजाति भेटेका थिए। र त्यसलाई पुष्टि गर्न उनीहरुलाई पाँच वर्ष लाग्यो ।

जीवशास्त्रीहरूले उक्त वनस्पतिलाई ब्राइअम भारतीएनसिस् नामकरण गरेका छन्। अधिकांश भाग हिउँले ढाकिएको अन्टार्कटिकाको हिउँभित्र पनि काई भेटिनुलाई वैज्ञानिकहरुले अनौठो मानेका छन् । वैज्ञानिकहरुका अनुसार वनस्पतिलाई जीवित रहन नाइट्रोजन, पोटासियम, फोस्फोरस, सूर्यको किरण र पानीको आवश्यकता पर्छ। ूसबैभन्दा ठूलो प्रश्न भनेको चट्टान र हिउँको स्थानमा काई कसरी बाँच्छ भन्ने हो, प्राध्यापक फिलिक्स बास्टले भने।

ती काईले सूर्यको प्रकाश कहाँबाट पाउँछन् भन्नेबारे वैज्ञानिकहरू पनि अनविज्ञ छन् । साथै हिउँदको चिसो ६ महिना हिउँले ढाकिएर र तापक्रम माइनस ७६ डिग्री सेल्सीअस हुँदा सूर्यको प्रकाश विना नै काई कसरी बाँच्छन् भन्ने बारे वैज्ञानिकहरुले केही प्रमाण नभेटेको बताइन्छ ।
भारतले एन्टार्कटिका महादेशमा चार दशकअघि नै अनुसन्धान स्टेशन निर्माण गरेको थियो । तर यसरी वनस्पतिको खोज गरिएको यो पहिलो अनुसन्धान भएको बताइको छ । 

प्रतिक्रिया दिनुहोस