एमाले कार्यदलको बैठक कोटेश्वरमा सुरु

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १२ : ००
एमाले कार्यदलको बैठक कोटेश्वरमा सुरु

एमाले कार्यदलको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो सुरु भएको छ ।

काठमाडौं । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बिच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक ११:४५ बजेदेखि सुरु भएको ।  

उक्त बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भिम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचीव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त भिम आचार्य लगायत ६ जना र ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतुत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल लगायत ११ जनाको उपस्थिति रहेको ।

कार्यदलमा पार्टी मिलाउने प्रयासस्वरुप सोमबार र मंगलबार पनि छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस