विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, ११ : ४८
विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५९ पैसा र विक्रीदर ११९ रुपैयाँ १९ पैसा रहेको छ । यस्तै यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ५८ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ८७ पैसा र विक्रीदर १६५ रुपैयाँ १६ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७८ पैसा र विक्रीदर १२९ रुपैयाँ ४३ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर आज एकको खरिददर ८९ रुपैयाँ ३७ पैसा र विक्रीदर ८९ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र विक्रीदर ९६ रुपैयाँ ५४ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ । 

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६२ पैसा र विक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस