नाइजेरियामा बन्दुकधारीद्वारा १४० जना स्कूले बालबालिकाको अपहरण

एजेन्सी

मंगलबार, २२ असार २०७८, ११ : ३६
नाइजेरियामा बन्दुकधारीद्वारा १४० जना स्कूले बालबालिकाको अपहरण

नाइजेरिया । नाइजेरियामा बन्दुकधारीले कम्तीमा १४० जना स्कूले छात्रछात्रालाई अपहरण गरेका छन्। देशको उत्तर–पश्चिमी क्षेत्रबाट बालबालिका अपहरणमा परेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फिरौतीका लागि पछिल्लो समय नाइजेरियामा विद्यायलय तथा विश्वविद्यालयसहितका स्थानबाट अपहरणका घटना हुने गरेको छ। जारियाबाट ८० किलोमिटर दक्षिण–पश्चिममा रहेको काडुना शहरमा रहेको विद्यालयबाट बालबालिकाको समूहिक अपहरणको घटना सोमबार सार्वजनिक भएको हो।

ठूलो संख्यामा मोटरसाइकलमा आएका हतियारधारीहरुले विद्यालयको पर्खाल तोडेर विद्यार्थीलाई अपहरण गरेका हुन्। एक शिक्षिकासहित २६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

हतियारधारीले विद्यार्थीहरुलाई जंगल तर्फ लगेका हुन्। विद्यालयमा कुल १८० विद्यार्थी रहेको अहिलेसम्म २० जनामात्रै सम्पर्कमा छन्। अपहरणमा परेका मध्ये केही भाग्न सफल भएको हुन सक्ने अनुमान पनि स्थानीयले गरेका छन्।

अपहरणमा परेकाहरुको खोजी तथा उद्धारको प्रयास जारी रहेको प्रहरीको भनाई छ।

यस्तै स्थानीय समय अनुसार आइतबार बिहान जारियामा रहेको नेशनल ट्युबरक्लोसिस एण्ड लेप्रोसी सेन्टरबाट अरु ८ जना अपहरणमा परेका छन्। अपहरणमा पर्नेमा दुई नर्स तथा एक वर्षको शिशु पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस