काठमाडौँ । काठमाडौैँको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा उक्त दुर्घटना भएको हो । उक्त घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ असार २०७८, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु