युरोकप : इटली र स्पेन सेमीफाईनलमा प्रवेश

एजेन्सी

शनिबार, १९ असार २०७८, ०८ : ०७
युरोकप : इटली र स्पेन सेमीफाईनलमा प्रवेश

फाइल फोटो

एजेन्सी । बेल्जियमलाई हराउँदै इटलीले युरोकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले उच्च स्तरको प्रदर्शन गरेका थिए । बेल्जियमका तीनजना खेलाडीलाई डिबक्सभित्रै छक्याउँदै निकोलो बरेल्लाले गरेको प्रहारले खेलेको ३१ औं मिनेटमा जाली चुमेको थियो । 

खेलेको ४४ औं मिनेटमा इटलीले अग्रता दोब्बर पा¥यो ।  लोरेन्जो इन्सिग्नेले खेलको ४४ आंै मिनेटमा डिबक्स नजिकैबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफको अन्त्यमा जियोभानी डि लोरेन्जोले जेरेमी डोकुलाई फल गरेपछि बेल्जियमले पेनाल्टी प्रहारको मौका पाएको थियो, जसमा रोमेलु लुकाकुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गर्ने अवसरहरु सिर्जना गरेका थिए । तर, थप गोल हुन सकेन र इटली सेमिफाइनल पुग्यो । यस जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटलीको अपराजित यात्रा ३२ औं खेलमा पुगेको छ, जसमध्ये पछिल्ला १३ खेलमा उसले लगातार जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस