युरोकप २०२० : आज क्वाटर फाईनलमा कुन कुन देश भिड्दैछन ?

एजेन्सी

शनिबार, १९ असार २०७८, ०८ : ०४
युरोकप २०२० : आज क्वाटर फाईनलमा कुन कुन देश भिड्दैछन ?

file Photo

एजेन्सी । युरोकप फुटबलअन्तर्गत आज क्वाटरफाइनल खेलमा चेक गणतन्त्र र डेनमार्क तथा इङल्यान्ड र युक्रेन एकअर्कामा भिड्दैछन् । चेक र डेनमार्कबीचको खेल नेपाली समयअनुसार ९ः४५ मा  अजरवैजानको बाकु ओलम्पिक रंगशालामा हुँदैछ । अन्तिम १६ मा १० खेलाडीमा सिमित नेदरल्यान्डस्लाई हराउँदै चेक गणतन्त्रका क्वाटरफाइनलमा आइपुगेको हो ।

समूह चरणमा एक जित र एक बराबरीपछि दोस्रो चरण पुग्ने पक्का गरिसकेको चेक गणतन्त्र अन्तिम खेलमा इङल्यान्डसँग राजित भएको थियो ।
यता, समूह चरणमा डेनमार्कको यात्रा सबैभन्दा सनसनीपूर्ण रह्यो । फिनल्यान्डविरुद्धको पहिलो खेलमा डेनमार्कका स्टार क्रिष्ट्रियन इरिक्सन मैदानमै कार्डियाक एरेस्ट भएर ढले । त्यसपछि मानसिक रुपमा विक्षिप्त बनेका खेलाडीहरुले इरिक्सन होशमा आएको समाचार सुनेसँगै खेललाई निरन्तरता दिने निर्णय गरे । यद्यपी, मानिसक असर प्रस्टै देखिएको यस खेल डेनमार्कले १–० ले गुमायो । दोस्रो खेलमा बेल्जियमसँग पराजित भएपछि धेरैेले डेनमार्क पहिलो चरणबाटै बाहिरिनसक्ने आँकलन गरेका थिए  ।

तर, अन्तिम खेलमा उसले रुसलाई ४–१ ले हराएर राम्रो गोलअन्तरसहित दोस्रो स्थान हासिल ग¥यो । डेनमार्कले अन्तिम १६ मा वेल्सविरुद्ध निकै उत्कृष्ट प्रदर्शन गर्दै ४–० ले नतिजा आफ्नो पक्षमा पा¥यो । युरोकपमा चेक र डेनमार्क तेस्रोपल्टक आमने–सामने हुन लागेका हुन् । २००४ को युरोकपमा यी दुबै टिम एकै समूहमा थिए । उनीहरुबीच समूह चरण र क्वाटरफाइनलगरी दुईपटक यस प्रतियोगितामा भेट भयो र दुबै पटक चेक गणतन्त्र विजयी भयो ।
 

प्रतिक्रिया दिनुहोस