मजार–ए–शरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीबार सेनाले गरेको कारबाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन् । सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले हवाई आक्रमण गरेको उल्लेख छ ।
सेनाको कारबाहीमा तालिबानका स्थानीय एक मुख्य कमान्डर सईद नूर खालिदको पनि मृत्यु भएको सेनाले दाबी गरेको छ । खालिदले बाल्ख प्रान्तमा छायाँ न्यायाधीशका रुपमा पनि काम गर्ने गरेको सेनाको भनाई छ ।
तालिबान समूहले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।(सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ असार २०७८, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने