काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विपक्षीका तर्फबाट बहस जारी छ । आजको बहसमा महान्यायाधिवक्ता रमेश बडालले दलको प्रतिष्पर्धाको आधारमा चुनाव लडेर पार्टीभित्र खेल्न नपाइने बताए ।
उनले भने, “चुनाव लड्न दल चाहिने, अनि जितेर आएपछि विपक्षीलाई प्रधानमन्त्री बनाउँदै हिँड्न पाइन्छ ? दलभित्रको चुनाव हार्ने अनि मै शासन चलाउछु भन्न पाइन्छ ?”बडालले अहिले निवेदनमा गरिएको मागअनुरुप नै संविधानको व्याख्या गरियो भने संविधानका धेरै पानाहरु निष्क्रिय हुने बताए । उनले विश्वासको मत लिन संसद्मै जाने हो भन्ने तर्क पञ्चायतको संविधानको जिकिर गरे ।
“नेपालको संविधान २०१९ को राष्ट्रिय पञ्चायत चुनावको व्यवस्थासँग मिल्दोजुल्दो छ । त्यसमा तीन जनाले नाम दिने र राजाले जसलार्य मनोनीत गर्छ त्यही प्रधानमन्त्री हुने व्यवस्था छ । अन्तरिम संविधानमा जस्तो अहिले माग गरेर हुँदैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असार २०७८, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी