काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विपक्षीका तर्फबाट बहस जारी छ । आजको बहसमा महान्यायाधिवक्ता रमेश बडालले दलको प्रतिष्पर्धाको आधारमा चुनाव लडेर पार्टीभित्र खेल्न नपाइने बताए ।
उनले भने, “चुनाव लड्न दल चाहिने, अनि जितेर आएपछि विपक्षीलाई प्रधानमन्त्री बनाउँदै हिँड्न पाइन्छ ? दलभित्रको चुनाव हार्ने अनि मै शासन चलाउछु भन्न पाइन्छ ?”बडालले अहिले निवेदनमा गरिएको मागअनुरुप नै संविधानको व्याख्या गरियो भने संविधानका धेरै पानाहरु निष्क्रिय हुने बताए । उनले विश्वासको मत लिन संसद्मै जाने हो भन्ने तर्क पञ्चायतको संविधानको जिकिर गरे ।
“नेपालको संविधान २०१९ को राष्ट्रिय पञ्चायत चुनावको व्यवस्थासँग मिल्दोजुल्दो छ । त्यसमा तीन जनाले नाम दिने र राजाले जसलार्य मनोनीत गर्छ त्यही प्रधानमन्त्री हुने व्यवस्था छ । अन्तरिम संविधानमा जस्तो अहिले माग गरेर हुँदैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असार २०७८, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार