विराटनगर । सुनसरीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कोशी गाँउपालिकास्थित नङ्खु टोलस्थित पूर्वपश्चिम राजमार्ग आइतबार बिहान माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो।
सुनसरी प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.३ ख ७२२४ नम्बरको माइक्रोले विपरीत दिशाबाट आउँदै गरेको स.६ प ४६६१ नम्बरको मोटरसाइकल र को. १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार दुर्घटनाबाट घाइते भएका माइक्रोका चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र सह–चालकको २५ वर्षीय नारायण बत्सयालको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असार २०७८, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु