करेन्ट लागेर एक युवकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १२ : २७
करेन्ट लागेर एक युवकको मृत्यु

दाङ । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गढवा गाउँपालिकामा रहेको सप्तऋषि क्रसर कम्पनीमा जाँदै गरेको प्रदेश २–०३००१ ख ३१६१ नम्बरको  टिप्परको लागि सहज बनाउन सडक माथि झुन्डिएको तार उचाल्ने क्रममा  सहचालक राप्ती गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय सागर सोमई मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । टिप्पर र चालकलाई  प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस