जनकपुर । धनुषामा अंशवण्डाको विवादमा छोराले बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवलाई छोरा कृष्ण यादवले हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटका अनुसार अंशवण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा कृष्णले ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अहिले बुवाको हत्या आरोपमा कृष्णलाई पक्राउ गरेर थप अनुसनधान गरिरहेको बताएको छ । मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको उनले बताइ । यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असार २०७८, ०९ : ०८
लेखकबाट थप