धनकुटा । १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिकाका एक युवा पक्राउ परेका छन् । बालिका बलात्कार आरोपमा साँगुरीगढी–८ का २५ बर्षीय भिषण राईलाई प्रहरीले गत बुधबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटना गत जेठ २४ गतेको हो । पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । त्यसपछि फरार भएका राईलाई वुधबार गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सन्तुलाल जैसवालले जानकारी दिए ।
‘आफन्तको बाट घर फर्कने क्रममा राती करिब ९ बजे हात समातेर तान्दै मकैवारीमा लगेर बलात्कार गरेको रहेछ,’ डिएसपी जैसवालले भने, ‘घटनापछि फरार भएका राईलाई हामीले गाउँमै फेला पारेर पक्राउ गरी कारबाही प्रकृया अघि बढाएका छौ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असार २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा एकल हिन्दु महिलालाई सामूहिक बलात्कार
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ