प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्यलाई तत्काल अघि बढाउन प्रधानमन्त्रीको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १३ : २७
प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्यलाई तत्काल अघि बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमति प्रदेशकमिटको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उनले भने, ‘यस कुरामा कसैले राजनीति गर्नु हुन्न मानवीय हिसाबमै जानुपर्छ’ । पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताए ।

साथै उनले बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्नसमेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस