भारतमा कोरोना : थप ५१ हजारमा कोरोना संक्रमण पुष्टि, ९ सय ६५ जनाको मृत्यु

एजेन्सी

शुक्रबार, ११ असार २०७८, ११ : ३०
भारतमा कोरोना : थप ५१ हजारमा कोरोना संक्रमण पुष्टि, ९ सय ६५ जनाको मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा थप ५१ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमण पुष्टि भएको संख्या ३ करोड ८२ हजार नाघेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ९६५ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ९३ हजारभन्दा धेरै रहेको छ ।

संक्रमितमध्ये २ करोड ९१ लाख भन्दा धेरै संक्रमणमुक्त भइसकेका छन् भने ६ लाखभन्दा धेरैको उपचार चलिरहेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ३ करोड ३५ लाख ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि अमेरिकामै सबैभन्दा धेरै छ । अमेरिकापछि ब्राजिल र भारत क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् ।

भारतमा कोरोना विरुद्धको भ्याक्सिनेस कार्यक्रम तीव्र गतिमा अगाडि बढिरहेको छ । पछिल्लो ४ दिनमा भारतमा २ करोड ७० लाख मानिसलाई भ्याक्सिन लगाइसकिएको छ ।