काठमाडौं । राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ (१) बमोजिम अधिवेशन आह्वान र धारा ९३ (२) बमोजिम अन्त्य हुने व्यवस्था छ। तर, गत वर्षदेखि राष्ट्रियसभा कामविहीन छ। गत पुस १७ गते बोलाएको राष्ट्रियसभाको अधिवेशन २६ गते अन्त्य गरिएको थियो।
त्यसको ६ महिनापछि अधिवेशन बोलाइएको हो। संविधानमा एउटा अधिवेशन र अर्को अधिवेशनको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने व्यवस्था छ। सरकारले संविधानको यही बाध्यकारी व्यवस्थाअन्तर्गत ठीक ६ महिनामा अधिवेशन बोलाउन सिफारिस गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असार २०७८, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान
राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची