कोरोना अपडेट : थप २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २४ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १६ : ४५
कोरोना अपडेट : थप २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार २ सय ३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर बिधिबाट १ हजार ५ सय ७७ र एन्टिजेन विधिबाट ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार ५ सय १८ जना निको भएका छन् भने थप २४ जनाले ज्यान गुमाएका छन् ।