चितवनमा एकैदिन २ संक्रमितको मृत्यु, ९६ जना संक्रमित थपिए

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १६ : ४१
चितवनमा एकैदिन २ संक्रमितको मृत्यु, ९६ जना संक्रमित थपिए

चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सगै चितवनमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या २७४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै चितवनमा कुल संक्रमितको संख्या १५ हजार ७ सय ५१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनमा अहिले संक्रिय संक्रमितको संख्या १ हजार ४६ रहेको छ । ति मध्ये ९ सय १५ जना होम आईसोलेशन बसेका छन् भने ९४ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । ३७ जना पब्लिक आईसोलेशनमा रहेका छन् ।

चितवनमा अहिलेसम्म १४ हजार ४ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन्

प्रतिक्रिया दिनुहोस