संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने प्रक्रियामा ओलीले भाग लिनै मिल्दैन : शेरबहादुर केसी

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १६ : ०५
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने प्रक्रियामा ओलीले भाग लिनै मिल्दैन : शेरबहादुर केसी

काठमाडौं । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने प्रक्रियामा केपी ओलीले भाग लिनै नमिल्ने जिकिर गरेका छन् । उनले धारा ७६ को उपधारा ३ अनुसार नै केपी ओली अयोग्य भएको जिकिर गर्दै मार्गप्रशस्त गर्छु भन्नु भनेको पद छाडेको अवस्था भएको जिकिर गरे । 

‘धारा ७६ को उपधारा ३ अनुसार नै केपी ओली अयोग्य हो । मार्गप्रशस्त गर्छु भनेर उहाँले भनिसक्न भएको छ, त्यो भनेको पद छाडेको अवस्था हो । धारा ७६ को उपधारा ५ अनुसार विश्वासको मत गुमाएको प्रधानमन्त्रीले भाग लिन पाउनुहुन्न’, प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा बहसका क्रममा उनले भने, ‘यो उपधाराले काम चलाउ पिएमले भाग लिनबाट रोकेको छ । उहाँ संसद सदस्य मात्रै होइन, कामचलाउ पिएम पनि हो ।’

प्रतिक्रिया दिनुहोस