एएफसी महिला एसिया कप छनोटमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १५ : ५५
एएफसी महिला एसिया कप छनोटमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने

काठमाडौं । एएफसी महिला एसिया कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने भएको छ।

समूह एफमा रहेका यी तीन टोलिमध्ये विजेता टोली भारतमा हुने एसिया कपमा छनोट हुने छ। महिला एसिया कप आगामी वर्षको जनवरी २० देखि फेब्रुअरी ६ तारिखसम्म आयोजना हुँदै छ।

त्यसअघि आगामी सेप्टेम्बर १३ देखि २५ तारिखसम्म छनोट खेलहरु छन्। छनोटमा २८ टोली छन् जसमा चार वटा टोलीका चार वटा समूह र तीनवटा टोलीका ४ वटा समूह छन्।

प्रतिक्रिया दिनुहोस