रौतहटमा नगरसभाको क्रममा दोहोरो भिडन्त, नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्याँस प्रहार

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १५ : ३४
रौतहटमा नगरसभाको क्रममा दोहोरो भिडन्त, नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्याँस प्रहार

रौतहट । रौतहटमा नगरसभाको क्रममा दोहोरो भिडन्त भएको छ । रौतहटको मौलापुरको नगरपालिका कार्यालयमा जारी नगरसभाको क्रममा विपक्षी गठबन्धनले मौलापुर चौकमा विरोध प्रदर्शन गरेको थियो ।

स्थिति तनावग्रस्त भ‌एपछि प्रहरीले स्थिति लाई नियन्त्रणमा लिन दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । मौलापुर नगरपालिकाको पाचौ नगरसभा चलिरहदा बाहिर प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ता बिच झडप भएको हो ।

नगरसभाको प्रमुख अतिथि एमाले नेता प्रभु साह रहेका छन् भने उनकी श्रीमती रिना कुमारी साह नगरप्रमुख रहेकी छिन् । सो नगरपालिकामा अनियमितता भएको भन्दै अन्य दलले विरोध प्रर्दसन गर्ने क्रममा झडप भएको हो । अहिले पनि झडप जारी छ ।

प्रतिक्रिया दिनुहोस