काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो ।
गत आइतबार एकैदिन ८ सय रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४ सय रुपैयाँले बढेको थियो भने, आज थप ६ सय रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको छ ।
यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असार २०७८, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
१७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?