माछा मार्ने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु

रासस

सोमबार, ०७ असार २०७८, १३ : ४३
माछा मार्ने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु

सांकेतिक तस्वीर

झापा । माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता भएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आ्एका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ता भएका थिए । 

नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उनी बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो। उनको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ । उनी नगरप्रमुखको घरमा पाँच वर्षदेखि स–परिवार बस्दै आएका थिए ।  । उनकी श्रीमती, एक छोरी र दुई छोरा छन् । 

प्रतिक्रिया दिनुहोस