नयाँ दिल्ली । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ५३ हजार संक्रमित थपिएका छन् ।
दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ५३ हजार ९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १४औँ दिन हो ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९९ लाख ३४ हजार ३ सय ६१ पुगेको छ ।
भारतमा ७ लाख ९ हजार ६ सय ६८ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन १ हजार १ सय १३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८८ हजार १ सय ६४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ असार २०७८, ११ : १९
लेखकबाट थप