निर्माण व्यवसायीको लापरवाही : फोरलेन सडक निर्माण शुरु भएको दुई वर्षमा ६ प्रतिशत काम सम्पन्न

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, १० : ३६
निर्माण व्यवसायीको लापरवाही : फोरलेन सडक निर्माण शुरु भएको दुई वर्षमा ६ प्रतिशत काम सम्पन्न

तुलसीपुर । निर्माण व्यवसायीको लापरवार्हीका कारण दाङको मुख्य घोराही–तुलसीपुर फोरलेन सडक विस्तारको काम ढिलाई भएको छ । जिल्लाको गौरवको सडकका रुपमा स्तरोन्नती हुन थालेको दुई बर्ष पुरा भैसक्दा पनि सडकको हालसम्म जम्मा ६ प्रतिशत मात्र काम भएको छ ।

समयमै फोरलेन सडक विस्तारको काम नहुँदा बर्षादको समयमा जोखिम बढेको छ । तीन बर्षमा फोनलेन सडक विस्तारको काम सक्ने गरी सम्झौता भएपनि दुई बर्षसम्म सडकको काम न्यून प्रगति देखिएको छ । दुई बर्षको अबधिमा घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्मको सडक विस्तारको कामको प्रगति ६ दशमलव ६ प्रतिशत मात्रै देखिएको नेपाल सरकार फोरलेन सडक स्तरोननती परियोजनाको कार्यालय लमहीले जनाएको छ ।

काम सुरु गरेको दुई बर्ष पुरा भैसक्दा सडकको प्रगति करिव ३० प्रतिशत हुनुपर्ने भएपनि हालसम्म ६ प्रतिशत मात्रै काम भएको फोरलेन सडक स्तरोनन्ती परियोजना कार्यालय लमहीका इन्जिनियर पारश हमालले जानकारी दिएका छन् । ‘सडकको काम सुरुभएदेखि हालसम्म यो अवधिमा कम्तिमा ३० प्रतिशत सडकको प्रगति हुनुपर्ने थियो’–इन्जिनियर हमालले भने–‘तर अहिलेसम्म हेदा प्रगति सन्तोषजनक छैन, जम्मा ६ दशमलव ६ प्रतिशत मात्र देखिन्छ ।’ उनले सडक विस्तारमा निर्माण कम्पनीले लापरवाही गरेको बताए । तर पछिल्लो समय कोरोना भाइरसका कारण निर्माणमा समस्या भएको निर्माण कम्पनीले बताउँदै आएको उनले बताए ।

सुरुका बर्षमा विद्युत पोल सार्न ढिलाई भएको बाहना बनाएको कम्पनीले अर्को बर्षदेखि लकडाउनलाई वाहना बनाउँन थालेको छ । हालसम्म निर्माण कम्पनीले परियोजनाबाट १० करोड मोविलाईजेशन खर्च स्वरुप रकम लिएपनि कार्यप्रगति सन्तोषजनक नभएकाले कारवार्ही गर्ने तयारी गरेको समेत कार्यालयले जनाएको छ । भारत सरकारको सहयोगमा सम्पन्न हुने सो सडक स्तरोन्नतिको जिम्मा भारतको मुम्वै स्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्टर प्रालीले पाएको छ ।

तर उस्ले नेपालकै पेटी ठेकेदारलाई काम सुम्पिएको छ । कम्पनीले परियोजनामा पत्र पठाएर विद्युतका पोल सार्न ढिलाई भएको जनाएपछि पहिलो पटक ६ महिनाको म्याद थपिएको थियो । त्यसपछि कोरोना भाइरसका कारण भएको लकडाउनको वाहनामा फेरि ३ महिना म्याद थप भएको छ । तर, निर्माण कम्पनीले भने विगत एक बर्षदेखि साइटमा काम नै गरेको छैन । काम ठप्प पारेको छ । आधिकारिक रुपमा तथ्य इञ्जिनियरिङ देखिएपनि तुलसीपुरका प्रतिनिधि जनक डाँगी र अनुप पाण्डेले सडक विस्तारको काम गराउँदै आएका छन् ।

तर अघिल्लो बर्ष नै डाँगी तथ्य इन्जिनियरिङको प्रतिनिधिबाट वाहिरी सकेका छन् । त्यसपछि अनुप पाण्डेमार्फत काम भइरहेको परियोजनाका प्रमुख इञ्जिनियर हमालले जानकारी दिए । अनुप तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन । माधब नेपाल(झलनाथ खनाल समुहमा रहेका घनश्याम अहिले केपि ओलि गुटमा लागेका छन । उनि मुख्यमन्त्री शंकर पोखरेल निकट छन ।

घोराहीको कुईरेपानीदेखि कटुवाखोलासम्म, डिके पेट्रोलपम्पदेखि गुर्जेखोला पुलसम्म, नारायणपुरदेखि खैरासम्म, दुधरासदेखि हात्तिखौवासम्म फोरलेन सडक स्तरोन्नतिका लागि १ करोड २१ लाख ८२ हजार भारीय रुपैयामा ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ । जसको नेपाली करिव १ अर्व ३६ करोड जति नेपाली रुपैंया हुन आउँछ । सम्झौता भएको ३० महिनामा काम सक्ने सुरुको सम्झौता भएको थियो । सडक विस्तारको काम २०७५ साल पुस १३ गतेदेखि सुरु भएको थियो ।