काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, माओवादी लगायत ५ दलको गठबन्धन झन बलियो बन्दै जान थालेको बताएका छन् । पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गदै प्रचण्डले त्यस्तो बताएका हुन् ।
गठबन्धन संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्रको रक्षा र राष्ट्रियताको पक्षमा सुढृढ एकता कायम गर्ने मूलभूत तीन उदेश्यका साथ भएकोले गठबन्धन झन बलियो बन्दै जान थालेको बताएका हुन् । गठबन्धनमा रहेका एमालेभित्रकै माधव नेपालहरु गठबन्धनमा रहिरहन्छन् या के गर्छन् भन्ने धेरैमा प्रश्न उठेपनि माधव नेपालहरु यस विषयमा स्पष्ट रहेकोले गठबन्धनमै रहने कुरामा कही कतै शंका नरहेको प्रचण्डले बताएका थिए ।
उनले निर्वाचन आयोगले तटस्थता र निश्पक्षता देखाउन नसकेको र प्रधानमन्त्री केपी ओलीको कठपुतली मात्र बन्दै जान थालेकोले त्यसका विषयमा पनि गठबन्धनभित्रका दलहरुका बीचमा छलफल भईरहेको बताए । माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुलाई पार्टी नियमावलीका आधारमा कारवाहीको प्रक्रिया केन्द्रीय समितिबाट गरेर निर्वाचन आयोगमा बुझाउनु पर्ने भएकाले त्यससम्बन्धमा निर्णय लिनका लागि माओवादी केन्द्रले आज केन्द्रीय समितिको भर्चुअल बैठक बसेको हो ।
एमालेभित्रको विवादमा ओलीले कर्णाली प्रकरणमा अदालतले दिएको निर्णय पूनरावलोकनमा भ्याकेट मुद्दा लिएर गएकोले ओली अझै पनि चालबाजीमा रहेको विषयमा नेपाल पक्ष स्पष्ट रहेको प्रचण्डले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असार २०७८, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन