काठमाडौँ । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती दिँदै आफू सभापति उम्मेदवार बन्ने औपचारिकरूपमा बताएको भोलिपल्ट आइतबार संस्थापन पक्षका अर्का नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा दावी गरेका छन् ।
पटकपट प्रधानमन्त्री र पार्टी सभापतिमा परीक्षण भइसकेका देउवाले ‘काँध फेर्ने’ बेला आएको भन्दै श्रेष्ठले संस्थापन पक्षमा देउवापछिको उत्तराधिकारी आफू भएको दावीसहित नेतृत्वको चाहना प्रकट गरेका हुन् । सभापतिमा देउवाले दावी छाड्नुपर्ने र आफूलाई अघि बढाउनु पर्ने श्रेष्ठले बताए । शनिबार प्रदेश २ का संस्थापन पक्षीय नेतासँगको छलफलमा उपसभापति बिमलेन्द्र निधिले नेतृत्वको दावा राख्दै देउवालाई प्रधानमन्त्री भएर आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए ।
देउवा आफैंले सभापतिको उम्मेदवारी घोषणा गर्ने जानकारी पाएपछि श्रेष्ठ आइतबार देउवाले बोलाएको वाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँगको छलफलमा उपस्थित नै भएनन् । देउवाले पटक–पटक फोन गर्दा उनको मोबाइल अफ थियो ।
देउवाले फेरि सभापतिको उम्मेदवारी घोषणा गर्न डाकिएको जानकारी भएपछि आफू नगएको श्रेष्ठले कान्तिपुरसँग बताए । ‘शेरबहादुरजीले सभापतिको उम्मेदवारी घोषणा गर्नकै लागि बैठक राख्नु भएको रहेछ । हिजो (शनिबार) बिमलजीले पनि आफू सभापतिको उम्मदवार रहेको भनेर दावी राख्नुभयो । मैले ६ महिनाअघि नै सभापतिजीलाई भेटेरै अब मलाई सहयोग गर्नुहोस् भनेको छु । अहिले त्यही कुरा राख्न किन जाउँ भनेर म गइनँ ।’
पार्टी विभाजित भई देउवा नेतृत्वमा कांग्रेस ९प्रजातान्त्रिक० गठन भएपछि श्रेष्ठले लामो समय कार्यबाहक सभापति भएर काम गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले देउवा नेतृत्वको सरकारलाई अपदस्थ गरी शासन आफ्नो हातमा लिएपछि देउवा जेलमा थिए । राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचारको आरोपमा देउवालाई जेलमा राखेको थियो । त्यो कालखण्डमा श्रेष्ठले देउवाको उत्तराधिकारीको रुपमा पार्टीको मोर्चा सम्हालेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असार २०७८, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै