ब्राजिल । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । ब्राजिल अमेरिकापछि कोरो संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको मुलुक हो ।
जानकारहरुले ब्राजिलमा देखिएको सुस्त कोरोना खोप अभियान र जाडोयामको सुरुआतसँगै ब्राजिलमा कोरोना संक्रमणको अवस्था अझै भयावह हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
ब्राजिलमा कोरोना संक्रमण बढिरहेको अवस्थामा राष्ट्रपति जेयर बोल्सोनारोले भने निरन्तर जनजस्वास्थ्यका नियमलाई बेवास्ता गर्दै आएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म ब्राजिलमा केवल १५ प्रतिशत वयस्क मानिसहरुले मात्र कोरोना खोपको पूरा डोज लिएका छन् । अहिले ब्राजिलको संसद्ले सरकारले कोरोना नियन्त्रणको लागि चालेको कदमबारे अनुसन्धानको काम गरिरहेको छ ।
ब्राजिलमा राष्ट्रपति बोल्सोनारोले कोरोना नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना भइरहेको छ । राजनीतिक कारणले बोल्सोनारोले कोरोनाको खोप खरिद नगरेको आरोप विपक्षीहरुले लगाएका छन् ।
ब्राजिलको स्वास्थ्यसम्बन्धी जानकारी दिने संस्था फियोक्रुजले ब्राजिलमा सामुदायिक संक्रमण उच्च रहेकाले अवस्था चिन्ताजनक अवस्थामा रहेको उल्लेख गरेको छ ।
ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्युइरोगाले कोरोनाको कारण मृत्यु भएकाको परिवारप्रति समवेदन व्यक्त गरेका छन् । गत मार्चयता औसतमा ब्राजिलमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १५ सयभन्दा बढी रहँदै आएको छ ।
शनिबार ब्राजिलमा कोरोना खोप अभियानलाई तीव्रता दिन माग गर्दै सरकारको विरुद्धमा हजारौं मानिसले प्रदर्शन गरेका थिए । अहिले ब्राजिलका धेरै सहरमा पर्याप्त मात्रामा कोरोना खोप पुग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ असार २०७८, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै