काठमाडौं । गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आजपनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो ।
त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिकतम तीन हजार एक सय रुपैयाँले गिरावट आइसकेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ ।
यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार २९० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?