बाढी तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग

रासस

शुक्रबार, ०४ असार २०७८, १६ : ०३
बाढी तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग

काठमाडौं । अखिल नेपाल किसान महासङ्घले बाढी, तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले विज्ञप्ति जारी गर्दै बाढी, पहिराका कारण विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरे । कृषियोग्य जमीन एकाएक बगर र खण्डहरमा परिणत भएकामा महासङ्घले चिन्ता प्रकट गरेको छ ।  

Yeti Diistillery Tansen Cement box

महासङ्घले भारी वर्षातका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, प्यूठान, पाल्पा, स्याङ्जा, अर्घाखाँची, लमजुङ, कास्की, जुम्ला, जाजरकोट र डोटीमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा बाढीपहिरामा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ । महासङ्घले बेपत्ता भएकाको खोजी कार्यमा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै घाइतेको उपचारमा कुनै कमी नराख्न आग्रह गरेको छ । विज्ञप्तिमा कोरोना महामारीको समय भएकाले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सबै पक्ष सहयोगमा जुट्नुपर्ने उल्लेख गरिएको छ ।