एजेन्सी । उत्तर कोरिया आगामी केही महिनामा भोकमरीको समस्यामा पर्ने भएको छ । त्यहाँका सर्वोच्च नेता किम जोङ उनले बाढी, कोरोनाभाइरस महामारी तथा अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण खाद्यान्नको संकट आउन लागेको चेतावनी दिएका छन् ।
किमले मंगलवार वर्कर्स पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएर ताजा परिस्थितिको मूल्यांकन गराएका थिए । खाद्यान्नको अभावलाई समाधान गर्ने काम शीर्ष प्राथमिकतामा रहेको उनले बताए ।
‘विशेषगरी खाद्यान्नको परिस्थिति तनावग्रस्त बन्दैछ किनकि बाढीका कारण कृषि क्षेत्रले खाद्यान्न उत्पादन गर्न सकेन,’ किमले बताए । ‘पार्टी र राज्यले कृषिमा जोड दिनुपर्नेछ ।’
उत्तर कोरियाको अर्थतन्त्र समस्यामा रहेको कुरा कुनै रहस्य हैन तर किम आफैंले सार्वजनिक रूपमा खाद्यान्न अभावलाई स्वीकार गर्नु असाधारण कुरा हो ।
किमले दुई महिनाअघि पार्टीलाई जनताको आर्थिक पीडा हल गर्नका लागि कठिन परिश्रम गर्न निर्देशन दिएका थिए । उनले त्यतिखेर प्रयोग गरेको शब्द आर्डुअस मार्च सन् १९९० को दशकमा भएको भयंकर भोकमरीका बेलामा सुनिएको थियो । यसले उत्तर कोरियामा खाद्यान्न संकट भयावह स्थितिमा पुगेको संकेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ असार २०७८, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया