प्रधानमन्त्री ओली समुहमा देखियो चरम गुटबन्दी, एकले अर्कालाई सिध्याउने दाउपेचमा नेता

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १० : १७
प्रधानमन्त्री ओली समुहमा देखियो चरम गुटबन्दी, एकले अर्कालाई सिध्याउने दाउपेचमा नेता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ताको भ¥याङ चढेसंगै स्वार्थ केन्द्रित सत्ता बचाउन जस्तोसुकै पनि कदम चाल्न पछि परेनन् । सत्ताकै लागि उनले दुई दुई पटक प्रतिनिधीसभा विघटन गरे । करिब दुई तिहाई नजिक रहेको बहुमतलाई निमिट्यान्न पार्दै बारम्बार अल्पमतमा परे । वामपन्थी एकताको नाममा एकीकृत भएको पार्टी ‘नेकपा’ पनि उनकै कारणले दुई धु्रवमा बाँडिनुपर्यो । त्यति मात्र हैन, पार्टीका नेता कार्यकर्ताको भनाईलाई आधार मान्ने हो भने एमाले पनि फुटको संघारमा पुगिसकेको छ ।

आफ्नै पार्टी भित्रको विरोधी खेमालाई सिध्याउन खोजेपछि पार्टी गम्भीर अवस्थामा पुगेको छ । उनका निकटहरुका अनुसार यि सबै हर्कतले अहिले यि सबै क्रियाकलापबाट घाटा अरुलाई नभई प्रधानमन्त्री ओलीलाई स्यवं भएको छ । उनले आफ्नो पार्टीभित्रका मानिसलाई निकाल्ने र अन्य पार्टीका नेता, कार्यकर्तालाई च्याप्ने गर्न थाले, तब नै उनको पतनको मार्ग थप प्रष्ट भएको हो । पछिल्लो पटक उनले गरेको मन्त्रिपरिषद् विस्तारपछि त उनकै गुटमा रहेका नेता, कार्यकर्ता बिच नै असंतुष्टिको पोको खुल्दै गएको छ । 

ओलीले आफ्नो समुहमा नेता नै नदेख्ने दृष्टिदोषका कारण पनि विवादले चरम रुप लिएको हो ।  पछिल्ला दिनमा ईश्वर पोखरेललाई लडाउन सुवास नेम्वाङ लागिपरे । किनकी, ओली गुटमा उनीपछिको नेता को हुने भन्नेमा चरम विवाद रहेको छ । एकले अर्कोलाई स्वीकार नै गर्न नसक्ने अवस्थामा उनीहरु पुगेका छन् । सोही कारण लफडा एकाएक पटाक्षेप हुन थालेको छ । यसअघि महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरलहरुका बीचमा रहेको टक्कर अब तल्लो तहमा सरेको छ । गोकूल बाँस्कोटाले महेश बस्नेतलाई लडाउने, खगराज अधिकारीलाई पृथ्वीसुब्बा गुरुङले लडाउने खेल शुरु भएको छ । 

शंकर पोखरेलको कुरा पनि उस्तै छ । ओलीपछि आफुलाई खास उत्तराधिकारीका रुपमा अघि सार्नुपर्ने अडान उनले राख्दै आएका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा खुम्चिनु पर्दा पोखरेल पनि केन्द्रिय राजनीतिको प्रमुख जोड घटाउबाट अलि परै बस्न बाध्य भएको उनी निकटस्थले बताउने गरेका छन् । लुम्बिनीमा विष्णु पौडेल र शंकर पोखरेलको लडाई झनै पेचिलो थियो र त्यो अझै कसिलो बन्दै गएको जानकारहरुको टिप्पणी छ ।  ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेलहरुको लफडा मिलाउन कठिनाई भइरहेको बेला ओलीलाई अर्काे आपत परेको छ ।

ओलीको उत्तराधिकारी बन्ने दौडमा दोश्रो र तेश्रो पुस्तासम्मै पद र शक्तिको लडाई छताछुल्ल भएको बालुवाटार निकटस्थको भनाइ छ । महासचिव पोखरेललाई विनाविभागिय उप प्रधानमन्त्रीबाट हटाएर अर्थमन्त्री विष्णु पौडेललाई बढुवा गरि उपप्रधानमन्त्री बनाएपछि ओलीले सम्भावित उत्तराधिकारीका रुपमा पौडेललाई अघि सारेको रुपमा अथ्र्याउन थालिएको छ । उपप्रधानमन्त्री नै भएपनि पोखरेलको हैसियत राज्यमन्त्री भन्दा माथि थिएन । बरु सो पदमा आएका कर्णालीका सांसद मोहन बाँनियाको हैसियत माथि रहेको छ । सुवास नेम्वाङ पनि पोखरेललाई देखि सहँदैनन्, जानकारहरु यसै भन्छन् । 

शंकर पोखरेलको कुरा पनि उस्तै छ । ओलीपछि आफुलाई खास उत्तराधिकारीका रुपमा अघि सार्नुपर्ने अडान उनले राख्दै आएका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा खुम्चिनु पर्दा पोखरेल पनि केन्द्रिय राजनीतिको प्रमुख जोड घटाउबाट अलि परै बस्न बाध्य भएको उनी निकटस्थले बताउने गरेका छन् । लुम्बिनीमा विष्णु पौडेल र शंकर पोखरेलको लडाई झनै पेचिलो थियो र त्यो अझै कसिलो बन्दै गएको जानकारहरुको टिप्पणी छ ।  ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेलहरुको लफडा मिलाउन कठिनाई भइरहेको बेला ओलीलाई अर्काे आपत परेको छ ।

तेश्रो पुस्ता भन्दै प्रचार गराएका भानुभक्त ढकाल, विष्णु रिमाल, खगराज अधिकारी, राजन भट्टराई, गोकुल बाँस्कोटा, कर्ण थापा र महेश बस्नेतहहरुको लडाईले ओली क्याम्पमा भुईचालो नै गएको छ । महेश बस्नेतले त माधव नेपाल समूहमा जाने समेत संकेत गरिसकेका छन् । अब ओलीलाई काँध थाप्न सकिदैन् भन्ने निष्कर्षमा बस्नेत पुगेको बताइन्छ ।  पछिल्लो पटकको मन्त्रिपरिषद विस्तारमा कर्ण थापा, गोकुल बाँस्कोटा, खगराज अधिकारी र महेश बस्नेतले गृह मन्त्रालयको दावी गरेका थिए । बस्नेतलाई बनाउने मोटामोटी सहमति पनि बनेको थियो । तर एकाएक शंकर पोखरेल, भानुभक्त ढकाल, विष्णु रिमाल र राजन भट्टराईहरु एकजुट भए ।

बस्नेतको नाम मेटेर कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाइयो । खगराजलाई रोक्न पृथ्वीसुब्बा, जगत विक तथा पोखराका मेयर मानबहादर बिसी समेत लागेका थिए ।  तर, खगराज गृहमन्त्री बनेर उदाए ।  बस्नेतलाई रोक्न शंकर पोखरेल, भानु ढकाल र राजन भट्टराईहरुले राष्ट्रपति विद्या भण्डारी मार्फत ओलीलाई दबाव दिएको चर्चा समेत राजनीतिक बजारमा चलेको छ । बस्नेतले गृहमन्त्रालय गुमाएपछि उनी निकट युवाहरुले सामाजिक सञ्जालमै आक्रोश पोखेर ओली कदमको विरोध गरेका छन् ।  बस्नेत आफैले पनि बालुवाटारमा सल्लाहकारहरुको घेराबन्दीले आफुलाई गृहमन्त्री बन्न रोकेको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

 पछिल्लो समय बस्नेतको उदयलाई रोक्न शंकर पोखरेल, भानुभक्त ढकालदेखि गोकुल बाँस्कोटा हुँदै कर्ण थापा र राजन भट्टराई एक जुट भएको बताइन्छ ।  उता ओलीले मन्त्रीबाट निकालेका अधिकांश नेताहरु यतिबेला वरिष्ठ नेता माधव नेपालको निवास धाउन थालेको स्रोतको दावी छ । प्रदीप ज्ञवालीले समेत अब ओलीबाट पार नलाग्ने भन्दै नेपाललाई यसबीचमा तीन पटक भेटिसकेका छन् । उनीहरु पार्टी मिलाउनु पर्यो भन्दै नेपाल निवास जान थालेका छन् । ओली क्याबिनेटमा बसेर काम गरेकाहरु ओलीको कार्यशैलीबाट उभो नलागिने निष्कर्षसहित नेपाल निवास पुगेर पार्टीको मुल नेतृत्व गरिदिन आग्रह गरेको बताइन्छ ।

जानकार स्रोतका अनुसार उनीहरुले नेपाललाई भेटेर ओलीको कार्यशैलीले देशलाई डुबाउने तथा आफुहरु समेत ओलीका कारण आजित भएको गुनासो गरिरहेका छन् । उता ठूलो भाग खान पाइन्छ भन्दै ओली समूहमा लागेका पूर्व माओवादी पृष्ठभूमिका नेताहरु बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणी थापाहरुकै बीचमा चरम अविश्वास र फाटो पैदा भएको छ ।  ओलीले पनि पूर्व माओवादी नेताहरुबाट अपेक्षा अनुसारको राजनीतिक लाभ लिन नसकेको निष्कर्ष सुनाएपछि अब उनीहरु घर न घाटको अवस्थामा पुगेका छन् । उनीहरुले ओलीले आफुहरुलाई धोका दिएको निष्कर्षमा पुगेका छन् । बादल पत्नी नैनकलालाई मन्त्री बनाउँदा होस् वा ज्याला साहलाई मन्त्री बनाउँदा नै किन नहोस् आफूहरुसँग एकपटक पनि नसोधेको गुनासो गर्दै आईरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस