आजको मौसम : बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको अनुमान

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, ०८ : २१
आजको मौसम : बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर मौसममा सामान्य देखि पूर्ण बदली रहने जनाएको छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । राति पनि देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्।

देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने सम्भावना रहेकोले बताईएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा पश्चिमि भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस