एकैदिन चितवनमा ८ जना संक्रमितको मृत्यु, ५४ संक्रमित थपिए

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, १६ : ५९
एकैदिन चितवनमा ८ जना संक्रमितको मृत्यु, ५४ संक्रमित थपिए

चितवन । चितवनका अस्पतालहरुमा आज एकैदिन आठ जना संक्रमितको मृत्यु भएको छ । जसमा पाँच जना चितवनवासी हुन् । आज एकैदिन चितवनमा ५४ जना संक्रमित थपिएका छन् । 

विगत २४ घण्टामा १९ जना बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा २ जना संक्रमितको मृत्यु भएको छ । 

चितवनका अस्पतालको आईसीयू र भेन्टिलेटरमा गरेर १३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एचडीयूमा ४० जना, जनरल बेडमा १११ जना गरी जम्मा २५१ जना अस्पतालमा उपचार गराइरहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार  चितवनमा हालसम्म २५७ जनाको मृत्यु भइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस