काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य पुष्पकमल दाहाल (प्रचण्ड) ले चितवन लगायत देशभरि बाढीपहिरो, नदी कटान र डुबान रोकथाम तथा नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् ।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) का अनुसार अध्यक्ष प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरि अविरल वर्षाका कारण देशव्यापी भईरहेको बाढीपहिरो, नदी कटान, डुबान सहित धनजनको क्षति रोक्न तत्काल आर्थिक तथा प्राविधिक टोली परिचालन गरि काम अगाडी बढाउन आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डले गृहजिल्ला र निर्वाचन क्षेत्रमा बाढी तथा पहिरोले पारेको प्रभाव नियन्त्रण गर्न आग्रह समेत गरेका छन् । भरतपुर वडा नं. २६ को सिसही, वडा नं. १६ को झनझने, वडा नं. ३ को दोभान टोल, वडा नं. २७ को न्यूरेनी लगायतका क्षेत्रमा गएराति देखि नारायणीले कटान तथा डुबान गरेका करिब १ सय ५० घर विस्थापित भएकाहरुको राहत र वर्षेनी हुने नदी कटानलाई रोक्न तत्काल आवश्यक बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
यस्तै, माडी तथा राप्ती नदी तटिय क्षेत्रमा पनि कटान तथा डुबान नियन्त्रणको काम अगाडी बढाउन आग्रह गर्दै टेलिफोन कुराकानीका क्रममा अर्थमन्त्री पौडेलले उक्त स्थानमा तत्काल बजेट सहित प्राविधिक टोली खटाई काम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेको संयोजक सापकोटाले बताए ।
अध्यक्ष प्रचण्डले जिल्ला स्थित सुरक्षा निकाय, स्थानिय तह तथा सामाजिक संघसंस्थाहरुलाई यस विपदको घडींमा एकिकृत ढंगले उद्धार तथा राहतमा सहभागी हुन आग्रह गर्दै ज्येष्ठ नागरिक, अपांग, भएका समुदाय, बालबालिका तथा गर्भवती महिलाहरुको विशेष ख्याल गर्दै सतर्क र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको अध्यक्ष प्रचण्डको निवार्चन क्षेत्र हेर्ने स्वकिय सचिव निशा न्यौपानेले बताईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’