मनसुनजन्य विपदबाट जोगिन चितवन प्रशासनको अपिल

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १५ : २८
मनसुनजन्य विपदबाट जोगिन चितवन प्रशासनको अपिल

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले मनसुनजन्य  विपदबाट जोगिन अपिल गरेको छ । चितवनको नारायणी, राप्ती नदी, रिउलगायतका खोलामा पानीको बहाब बढ्दै गइरहेको हुनाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित अवस्थामा रहन जिल्ला प्रशासन कार्यालय चितवनले अपिल गरेको छ । 
हेर्नुहोस् विज्ञप्ति 

लगातार परिरहेका वर्षाका कारण चितवनको नारायणी र राप्तीमा पानीको  सतह बढिरहेको छ । पानी पर्न नरोकिएका कारण पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ । नारायणी नदीमा पानीको सतह बढेपछि भरतपुर महानगरको पश्चिमी क्षेत्रमा जोखिम बढेको छ । 

प्रतिक्रिया दिनुहोस