भियतनाम । मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् ।
स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो । आगोे तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्दागर्दै छ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ ।
आगलागीबाट निजी स्वामित्वमा रहेको आवासीय भवनमा रहेका भियतनामी नागरिकको मृत्यु हुनुका साथै पहिलो तलामा रहेको क्याफे तथा पसलहरूमा पनि क्षति भएको बताइएको छ ।
आगलागी भएको सूचना प्राप्त हुँदासाथ बारूण यन्त्र, पानी बोक्ने सात गाडी, करीव १०० अग्नी नियन्त्रक र सैनिक तथा प्रहरीलाई घटनास्थलमा सहयोगका लागि पठाइएको स्थानीय प्रशासनले बताएको छ ।
उद्धारका लागि घटनास्थलमा तत्काल सुरक्षाकर्मीलाई पठाइएको भएपनि घरभित्र फसेका सबै पीडितहरूलाई बचाउन नसकिएको तर केही व्यक्तिलाई सख्त घाइते अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको स्थानीय एक अधिकारीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०१ असार २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि