नेपाल जर्नी संस्थाले गर्यो विपन्नलाई सहयोग

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, १७ : ३८
नेपाल जर्नी संस्थाले गर्यो विपन्नलाई सहयोग

चितवन । मेची महाकाली बुहारी संयुक्त आवाज, नेपाल जर्नी संस्था र ईन्द्रेणी समाजले गंगबु आसपासका अति विपन्नहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ ।अति विपन्न  ३५ घरधुरीलाई चामल, दाल, खानेतेल, नुन वितरण गरिएको नेपाल जर्नी संस्थाका अध्यक्ष गोपाल भण्डारीले बताए ।

त्यस्तै  मिर्गौला पीडित, स्कूलमा काम गर्ने महिला, गाडी दुर्घटनामा अशक्त भएका, पाठेघरमा समस्या भएका महिला, अपांग व्यक्ति, प्यारालाईसिस भएर धेरै लामो समयसम्म बसेका, क्यान्सर पीडित, असहाय वृद्धबृद्धालाई उपचारमा सहजताका लागी  नगदसमेत सहयोग भएको अध्यक्ष भण्डारीले बताए । 

संस्थाले नेपालका धेरै जिल्लाका बिद्यालयहरुमा बिद्युतिय पुस्तकालय निमार्ण गरेको छ भने अनाथ बालबालिकालाई आवासिय सुविधा सहितको निशुल्क शिक्षाको प्रवन्ध गरेको छ । चितवनको भरतपुर महानगरमा पनि नमुना बिद्युतिय पुस्तकालय निमार्णको लागि प्राविधिक काम थालेको छ । 

 

प्रतिक्रिया दिनुहोस