अक्सिजन प्लान्ट स्थापनासम्बन्धी सम्झौता

रासस

शुक्रबार, २८ जेठ २०७८, १९ : ५९
अक्सिजन प्लान्ट स्थापनासम्बन्धी सम्झौता

काठमाडौं । सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनसम्बन्धी समझदारी भएको छ ।

सो समझदारीपत्रमा सामाजिक विकासमन्त्री यज्ञबहादुर वीसीको उपस्थितिमा आज मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री र नगर प्रमुख देवकुमार सुवेदीबीच  हस्ताक्षर भएको हो । 

समझदारी अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि मन्त्रालयले नगरपालिकालाई एक पटकका लागि रु। ६५ लाख उपलब्ध गराउनेछ । नगर प्रमुख  सुवेदीले अक्सिजन प्लान्ट कट्कुवा स्वास्थ्य संस्थाको परिसरमा सञ्चालनमा ल्याइने बताए ।

सम्झौता अनुसार नगरपालिकाले उत्पादित अक्सिजन प्रदेश सरकार मातहतका सबै सरकारी तथा सामुदायिक अस्पतालहरुलाई सुपथ मूल्यमा उपलब्ध गराउनुपर्नेछ । त्यस्तै अक्सिजनको मूल्य निर्धारण गर्दा सामाजिक विकास मन्त्रालयसंग समन्वय गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । 

प्रदेश मन्त्रिपरिषद् यही जेठ २० गते बसेको बैठकले  वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो । नगर प्रमुख सुवेदीले अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि थप बजेट नगरपालिकाले आफैले जुटाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस