विपक्षी गठबन्धनका ४ नेताबीच बिहीबार बूढानीलकण्ठमा भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, २२ : २५
विपक्षी गठबन्धनका ४ नेताबीच बिहीबार बूढानीलकण्ठमा भेटवार्ता

फाइल फोटो

काठमाडौँ ।  विपक्षी गठबन्धनका ४ नेताबीच बिहीबार भेटवार्ता भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका पूर्वमहासचिव माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । 

भेटमा पछिल्लो राजनीतिक अवस्थाका साथै प्रधानमन्त्री केपी ओलीसँग कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको माओवादी स्रोतले बताएको छ । 

बूढानीलकण्ठमा झण्डै साढे २ घण्टा चलेको भेटमा चार दल मिल्दा प्रदेशमा सकारात्मक नतिजा आएको र थप एकताबद्ध भएर ओलीविरुद्ध संघर्ष गर्ने सहमति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस