गृहमन्त्री पद गुमाएका बादलकी श्रीमती बनिन् सञ्चारमन्त्री

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १२ : ४९
गृहमन्त्री पद गुमाएका बादलकी श्रीमती बनिन् सञ्चारमन्त्री

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् । 

बालुवाटार स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका छन् ।  यसअघि थापा महिला आयोगमा थिइन् । 

 

प्रतिक्रिया दिनुहोस